६ साउन,

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ।

ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले राष्ट्रपति वाइडेनलाई कोरोना संक्रमण भएको पुष्टी गरेकी हुन । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन्।

राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट हाउसले जनाएको छ। यद्यपि उनले टेलिफोन र जुममार्फत बैठकहरूमा भाग लिनेछन्।

यस्तै राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख