
झापा जिल्लाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्रप्रसाद लिङ्देन निर्वचित भएका छन्।
उनले ६८५६ मत ल्याएका प्राप्त गरि अध्यक्षमा निर्वाचित भएका हुन । उनी यसपटक दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन ।
लिङ्देनका प्रतिस्पर्धी नेकपा एमालेका डम्बरबहादुर गिरीले ४६६६ मत प्राप्त गरे । यस्तै, कांग्रेसका तुलसीप्रसाद ओली २७५८ मतसहित तेस्रो स्थानमा रहेका छन्।
उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन्। ५०७८ मत ल्याइ मैनाली विजयी भएकी हुन् ।
उनका प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले ४१०६ मत प्राप्त गरेकी छन्।





