
२१ वैशाख,
बाँके । राष्ट्रिय प्रजातान्त्र पार्टी को आसन्न निर्वाचनमा मेयर पदका उम्मेदवार प्रदिप शाहको घर दैलो अभियान तिब्र गतिमा अघि बाढेको बताइएको छ ।
राप्रपा कोहलपुरका अनुसार मेयर पदमा प्रदिप शाह र उपमेयर पदमा सावित्री घिमिरे रहेको बताइएको छ । दुबै राप्रपाका बलियो उम्मेदवारको रुपमा देखिएका छन ।
राप्रपा उम्मेदवार प्रदिप शाहको अनुसार ” कोहलपुरमा एमालेको मेयरले र काङ्ग्रेस को उपमेयरले जिते पनि जनताको काम भने शून्य भएको हुदा बैकल्पिक शक्तीको रुपमा राप्रपा रहेकाले राप्रपाको जित निश्चित रहेको” शाहको भनाइ छ ।
घरदैलो कार्यक्रमा समेत धेरै सकारात्मक कुराहरु पाएको शाहले बाके अपडेट मिडियालाइ बताए ।
घरदैलो अभियानको फोटो फिचर :







