
१६ बैशाख,
बाँके । स्थानिय तह निर्वाचनका लागि नेपालगन्ज उपमहानगरपालिकामा उम्मेदवारी दिएका ३ जनाको उम्मेदवारी रद्द भएको छ ।
उम्मेदवारी दिएका एक वडा अध्यक्ष र दुई वडा सदस्य सहित ३ जनाको उम्मेदवारी रद्द भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्ष पदका उम्मेदवार अजय कुमार पाठक, वाड नं ३ दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी बंशाकार र वडा नं ७ का सञ्जु बंशाकारको उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चैलागाईले जानकारी दिए।
सहायक निर्वाचन अधिकृत चैलागाइका अनुसार, नेकपा (एमाले) को तर्फबाट मनोनयन गरेका पाठकलाई बैंकले कालो सूचिमा राखेका कारण उम्मेदवारी रद्द भएका हो ।
यस्तै वाड नं ३ र ७ का दलित सदस्य पदका उम्मेदवार निर्मलादेवी र सञ्जुको उम्मेदवारी दलित भन्ने निश्शा नभएको कारण रद्द भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।





