
१६ बैशाख,
बाँके । स्थानिय तहकोे निर्वाचन नजिकै आएसंगै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ अध्यक्ष पदका उम्मेद्वार अमन गुप्ताले चुनावी प्रचारप्रसार तिव्र परेका छन ।
गुप्ता युवानेता भएका कारण युवाहरुमा आफ्नो पहिचान त बनाएकै छन । संगसंगै उनले आफ्नो काम र व्यवहारले सम्पुर्ण वर्गका व्यक्तिहरुमा राम्रो छबि बनाएका छन ।
वडा अध्यक्ष पदका बालियो उम्मेदवार र वडा बासीले चाए जस्तैको काम गर्न सक्ने युवा नेता गुप्ता नै रहेको स्थानियहरु बताउँछन । गुप्ताको बारेमा स्थानिय बासीहरुमा राम्रो चर्चा भएसंगै जितको सम्भावना देखिएको बुझिन्छ ।
वडा अध्यक्ष पदका उम्मेदवार गुप्ताले भने ‘म हरेक दिन वडावासीसंगै हुन्छु र उनीहरुको आवश्यकता, समस्या सबै बुझेको छु ।’ यस्ता सम्पुर्ण समस्या अन्त्य गर्न र आवश्यकताहरु पुरा गर्न वडा अध्यक्ष पदमा उम्मेदवारी दिएको गुप्ताले बताए ।
उनले भने मेरो जित भएसंगै ‘विकासको रुपमा वडा लाई देशकै नमुना वडा बनाउनुका साथै जनताको आवश्यकतालाई पहिलो प्रथामिकता दिनेछु ।’ यस्तै स्वास्थ्य, शिक्षा र सरसफाइ पहिलो प्रथामिकतामा हुनेछ ।
म सधै निस्वार्थ भवनाले जनताको सेवामा खटिनेछु । र मेरो स्वार्थ भनेकै जनताको उज्ज्वल भविष्य र जनताको आवश्यकता हो वडाध्यक्ष पदका उम्मेदवार गुप्ताले भने।
वडामा स्वास्थ्य, सरसफाइ, शिक्षा, खानेपानी, खेलकुद, विजुली बत्ति, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उनले प्रतिबद्धता समेत गरे ।





