
११ बैशाख,
बाँके । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र (सङ्कल्प) सार्वजनिक गरेको छ ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा कृषि पशुपन्छी तथा मत्सय उत्पदानमा खपत हुने कृषि विद्युतमा ५० प्रतिशत छुटको व्यवस्था मिलाउने उल्लेख गरेको छ ।
काँग्रेसले शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वातावरण, सेवा प्रवाह, स्थानीय पूर्वाधार, कृषि, रोजगारी, उद्यम लगायतमा जोड दिएको छ ।
यस्तो छ घोषणापत्र लिंकमा क्लिक गरी हेर्नुहोस ।
link : NC Local manifesto 2079 Final 2079.01.11





