१६ चैत,

बाँके । सेयरबजार सूचक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) एक सातापछि बुधबार (आज) बढेको छ । ४०.६८ अङ्कले बढ्दै नेप्से २५६८.२५ बिन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार, आज ४५ लाख २ हजार ५११ कित्ता शेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा कारोबार भएको छ।

नेप्सेका १३ वटै उपसूचकहरू आज हरिया छन् । अन्य समूहको शेयरमा सबैभन्दा धेरै ४.१२ प्रतिशत वृद्धि भएको छ । विकास बैंक समूहको ३.३२, वित्त समूहको ३.२९ र होटल तथा पर्यटन समूहको शेयर पनि २.५१ प्रतिशतले बढेको हो ।

आज इमर्जिङ नेपाल लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै कमाएका छन् । सकारात्मक सर्किट लाग्दै सो कम्पनीको शेयरमूल्य १०१ रुपैयाँ २० पैसाले बढेर १ हजार ११३ रुपैयाँ ५० पैसा पुगेको छ । युनिलिभर लिमिटेडको शेयरमूल्य भने १८ रुपैयाँ ८० पैसा घट्दै ९२१ रुपैयाँ २० पैसामा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख