
१५ चैत,
बाँके । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार (नेप्से) घटेको छ ।
लगातार दुई दिनदेखि घट्दै आएको नेप्से आज फेरि १४ अंकले घटेको हो । यसअघि नेप्सेमा आइतबार ४१ अंकको र सोमबार २९ अंकको गिरावट आएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, नेप्सेमा गिरावट आएको दिन आज १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आज होटल र टुरिजम समूह बाहेक सबै समूह घटेका छन् । होटल र टुरिजम समूहमा चाहिँ २५ अंकको सुधार आएको छ । यसबाहेक जीवन बीमा समूह २१९ अंकले घटेको छ ।





