
१५ चैत,
बाँके । अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार अनेरास्ववियु बागेश्वरी क्याम्पस कमिटीले एक कार्यक्रम आयोजना गरी सोही क्याम्पसमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।
सो कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिब सुर्य रोकायको प्रमुख अतिथिमा केन्द्रिय सदस्य सुमन घिमिरे, जिल्ला उपाध्यक्ष बिकल भट्टराई, पुर्ब केन्द्रिय सदस्य देबेन्द्र बुडा, बागेश्वरी क्याम्पस अध्यक्ष रेश्म ढकाल लगायतको क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।





