
१३ चैत,
बाँके । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य यथावत रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार कारोबार भएकै मूल्यमा आज सुन र चाँदीको मूल्य कायम भएको हो ।
जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
गत शुक्रबार सुनको मूल्यमा ६०० को वृद्धि आएको थियो । तोलामा ६०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य १ लाख ९ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४ सय रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार पनि चाँदीको मूल्य यही कायम थियो ।





