
९ चैत,
बाँके । नेपाली बजारमा बुधबार सुन चाँदीको मुल्य घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ।
यस्तै, चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ ।





