
८ चैत,
बाँके । नेपाली बजारमा आज सुनको मुल्य एक लाख नाघेको छ । मंगलवार सुनको मूल्य प्रतितोला ८०० रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै,तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रूपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेको छ । मंगलवार चाँदीको १ हजार ३९५ रूपैयाँ मूल्य निर्धारण गरिएको महासंघले जनााएको छ ।





