
८ चैत,
बाँके । काङ्ग्रेस सरकारको पालोमा कोहलपुरमा नापी कार्यालय र मालपोत आएको नेता भुषालले बताएका छन ।
कोहलपुर नगरपालिका वडा नम्बर १२ को नेपाली काङ्ग्रेस वडा पार्टी कार्यालय लाई उद्घघाट समारोहमा आफ्नो भनाइ राख्दै काङ्ग्रेसका प्रभाबसाली नेता टेकनारायण भुषालले भने काङ्ग्रेस सरकारको पालोमा कोहलपुरमा नापी कार्यालय र मालपोत आउन स्वीकृत भएको हो । अरुले जस लिन अनेक बहाना गर्नु फगतको गफ हो ।
सरकार काङ्ग्रेसको छ अनि अन्य दलले चुनाबि एजेन्डा बनाउन आफुले जस लिन हामिले गरेको हौ भन्दै जनता लाई भ्रममा रखेको छन । तर जनताले बुझेका छन कि यो पहल काङ्ग्रेसले नै गरेको हो ।ू बिकास र अग्रसरतामामा नेपाली काङ्ग्रेस सधै अग्रसर रहेको उनले उक्त कार्यक्रममा बताए।
उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा नेपाली काङ्ग्रेस बाँकेका सभापति नारायण प्रशाद गौडेल,अतिथीमा नगर सभापति बिरेन्द्र कुमार शाह,पुर्ण आचार्य आदि नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।





