
१ चैत,
बाँके । सुनको मुल्य घटेको छ । आज (मंगलबार) तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो ।
सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार १८ सयले घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज तोलामा ३५ रुपैया घटेको छ सोमबार तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।





