
२५ फागुन,
बाँके । पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो ? यसबारे किशोर अवस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ ।
नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन । पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन ।
ब्रिटेनमा गरिएको एउटा अध्ययनमा सहभागी एकतिहाइ भन्दा बढी युवती र एकचौथाइ भन्दा बढी युवकले आफूले पहिलो पटक यौनसम्पर्क गर्दा आफ्नो उमेर नपुगेको स्वीकारेका थिए ।
ब्रिटेनमा यौनसम्पर्क राख्ने सहमति जनाउन कम्तीमा १६ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ ।
केही समयअघि सार्वजनिक गरिएको नेश्नल सर्भे अफ सेक्सुअल आटिट्युड्स एन्ड लाइभस्टाइल्सका अनुसार १६ वर्षको उमेरमा धेरै मानिसहरू पहिलो यौनसम्पर्कका लागि तयार नभएका हुनसक्छन ।
सो अध्ययनमा अधिकांश सहभागीले १८ वर्षको हुँदा यौनसम्पर्क राखिसकेका थिए भने आधाले १७ वर्ष नपुग्दै कौमार्य गुमाइसकेका थिए । झन्डै एकतिहाइले भने १६ वर्षभन्दा कम उमेरमै यौनसम्पर्क राखिसकेका थिए।
सो अध्ययनका संस्थापक प्राध्यापक काय वेलिङ्सले यौनसहमतिको कानुनी उमेर कुनै व्यक्ति यौनिक कार्यका लागि तैयार भएको सङ्केत नहुने बताएका छन्।
“प्रत्येक युवाको व्यक्तित्व फरक हुन्छ, कोही १५ वर्षमै तैयार हुन सक्छ भने कोही १८ वर्षसम्म पनि नहुन सक्छ।”
अर्का अध्ययनकर्ता डा मेलिसा पाल्मरले भनिन्, “हाम्रो अध्ययनले युवावस्थामा पुरुषभन्दा महिला पहिलो यौनसम्पर्कका लागि आफ्नो साथीबाट दबावमा बढी पर्ने देखाएको छ ।
पहिलो यौनसम्पर्कका लागि सही समय
पहिलो पटक यौनसम्पर्क गर्नुअघि आफैँलाई यी प्रश्न गर्नुपर्छ
के राम्रो अनुभूति भएको छ?
के म आफ्नो साथीलाई प्रेम गर्छु?
के उनले पनि मलाई उत्तिकै माया गर्छन÷गर्छिन?
के हामी यौनरोगबाट बच्न कन्डम प्रयोगबारे सल्लाह गरेर सहमतिमा पुगेका छौँ?
के गर्भाधानबाट बच्न हामीले साधनको जोहो गरेका छौँ?
के म यौन क्रियाकलापको कुनै पनि अवस्थामा ‘भयो पुग्यो’ भन्ने अवस्थामा छु र के हामी दुबैलाई त्यो ठिक लाग्नेछ?
यदि माथिका सबै प्रश्नको सकारात्मक उत्तर आउँछ भने पहिलो यौनसम्पर्कका लागि उचित समय भएको हुनसक्छ।
तर यदि तलका कुनै प्रश्नको उत्तर सकारात्मक भएमा पहिलो यौनसम्पर्कका लागि समय नभएको हुनसक्छ।
के पहिलो यौनसम्पर्कका लागि साथीले दबाव दिएको अनुभूति भएको छ?
के मलाई यौनसम्पर्क राखिसकेपछि पश्चाताप हुनसक्छ?
के म साथीहरूले पहिलो यौनसम्पर्क राखिसकेकाले वा उनीहरूलाई सुनाउन यसबारे सोचिरहेको छु?
के मैले प्रेमी÷प्रेमिका छुट्न सक्छन् भन्ने डरले यौनसम्पर्कबारे सोचेको हुँ?





