५ फागुन,

बाँके । कुष्ठरोग जोखिमको हिसावले बाँके देशकै दोस्रो स्थानमा छ ।

सरकारले १२ बर्षअघि नै नेपालमा कुष्ठरोग निवारण घोषणा गरेपनि बाँके भने अहिलेपनि कुष्ठरोगको उच्च जोखिममा देखिएको छ ।

बाँकेमा प्रति १० हजारमा १.५९ मा कुष्ठरोगको संक्रमण देखिएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा मात्रै बाँकेमा कुष्ठरोगीका ४४ जना फेला परेका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकलपर्सन मानव नेपालीका अनुसार आठवटा पालिकामा ४४ जना नयाँ कुष्ठरोगी फेला परेका हुन् । सबैभन्दा धेरै नेपालगन्ज र कोहलपुरमा कुष्ठरोगी छन् ।

नेपालगन्जमा १३ जना, कोहलपुरमा ११ जना जानकी गाउँपालिकामा ६ जना, बैजनाथ र नरैनापुर गाउँपालिकामा ५–५ जना, खजुरामभा ३, जना र डुडुवामा १ जना कुष्ठरोगी फेला परेका छन् । राप्तीसोनारी गाउँपालिकामा भने कुष्ठरोगी फेला नपरेको फोकलपर्सन नेपालीले बताउनुभयो ।

कुष्ठरोगीको पहिचान र उपचार निशूल्क हुने भएकाले उपचारको पहुँचमा आउन उहाँले सबैलाई आग्रह गर्नुभयो । गएको वर्ष बाँकेमा १२८ जना कुष्ठरोगी फेला परेका थिए । बाँकेको जानकी गाउँपालिका–३ मानपुरमा रेफरल अस्पतालको रुपमा रहेको साइनिङ अस्पतालका अनुसार बाँके कुष्ठरोगको उच्च जोखिममा छ ।

अस्पतालका प्रमुख मंगल थारुका अनुसार अस्पतालमा चालू आर्थिक वर्षको ६ महिनामा ७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । तीमध्ये बाँकेका ३० जना, बर्दियाका २२ जना, दाङका ५ जनासहित अरु सल्यान, प्यूठान र भारतीय विरामी हुन् ।

कुष्ठरोगको जोखिम कायमै रहेकाले यसको पहिचान, उपचार र निदाननै निवारणको पहिलो उपाय भएको थारुको भनाइ छ । उहाँले कुष्ठरोगको उपचार निःशूल्क हुने भएकाले त्यस्ता विरामीहरुलाई सम्पर्कमा आउन आग्रह पनि गर्नुभयो।

भारतसँगको खुलासीमा नाका, नयाँ कुष्ठरोगी फेला पर्दै जानु, उपचार सेवाको पहुँच हुनु, जनसंख्यापनि धेरै हुनुलगायतका कारणले कुष्ठरोगीको संख्या बाँकेमा बढी देखिएको हुन सक्ने स्वास्थ्यकर्मीहरु बताउँछन । समयमै उपचार गरे शरिर अंगभंग हुनबाट जोगिने उनीहरुको भनाइ छ ।

साइनिङ अस्सपताल आइएनएफ बाँकेले आज विहीबार नेपालगन्जमा पत्रकार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कुष्ठरोग निवारणका लागि सबैपक्षबीच हातेमालो गरेर अघि बढ्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख