
२० माघ,
बाँके । बलेफी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री गर्ने भएको छ । लिमिटेडले माघ २७ गतेदेखि आईपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २, ३ र ४ का स्थानीयलाई छुट्याइएको छ ।
बाँकी ७ लाख ३१ हजार १८८ कित्ता सेयर भने आयोजनाको १ सय ३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाउँपालिका वडा नं ५ र ७, बलेफी गाउँपालिका वडा नं १, ३, ६ र ७ तथा सुनकोशी गाउँपालिका वडा नं ७ का स्थानीयलाई छुट्याइएको छ ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन । यो आईपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
अवेदन दिनका लागि सिन्धुपाल्चोकस्थित कुमारी बैंकको जलबिरे शाखा, एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको खाडीचौर र चौतारा शाखाबाट बाट आवेदन दिन सकिनेछ ।







