२८ फागुन,

कोहलपुर : कोहलपुर नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका सबै ट्युसन तथा कोचिङ् सेन्टर, मन्टेश्वरी तालिम केन्द्र, विभिन्न आयोग तथा भाषा तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युट तथा कन्सल्टेन्सीहरूलाई आवश्यक कागजात पेश गर्न निर्देशन दिएको छ।

नगरपालिकाका अनुसार अधिकांश कन्सल्टेन्सीहरू दर्ता नभई सञ्चालन भइरहेको, सञ्चालन अनुमति नलिएको तथा योग्य प्रशिक्षकको अभावका कारण विद्यार्थीहरू मर्कामा परेको भन्ने गुनासो हेलो सरकार मार्फत आएको थियो। सोही विषयमा जिल्ला प्रशासन कार्यालय, नेपालगंज बाँकेबाट २०८२ फागुन २५ गतेको पत्रमार्फत अनुगमन गरी आवश्यक कारबाही गर्न र एकीकृत विवरण उपलब्ध गराउन निर्देशन प्राप्त भएको नगरपालिकाले जनाएको छ।

उक्त निर्देशनपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै सम्बन्धित संस्था तथा कन्सल्टेन्सीहरूलाई २०८२ चैत ५ गतेभित्रकार्यालय समयभित्र आवश्यक कागजातसहित दुई प्रति फाइल तयार गरी पेश गर्न अनुरोध गरेको छ।

नगरपालिकाले तोकिएको समयसीमाभित्र कागजात पेश नगरेमा प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरिने चेतावनी समेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख