
४ माघ,
बाँके । बाँकेमा तिव्ररुपमा कोरोना फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा १४५ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनु भएको छ ।
उनका अनुसार,संक्रमण पुष्टि भएका मध्ये बाँकेका ५१ जना छन् । उनीहरु अधिकांश नेपालगन्ज र कोहलपुरका हुन् ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ७ सय ७१ पुगेको छ ।






