९ बैशाख,

बाँके — जिल्ला प्रहरी कार्यालय बाँकेअन्तर्गत इलाका प्रहरी कार्यालय तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१५ मा चेकजाँचका क्रममा दैलेख आठबिसकोट नगरपालिका–४ निवासी मनोज माझीको साथबाट ४० मिलिग्राम ब्राउन सुगर जस्तो खैरो पदार्थ बरामद गरिएको छ। त्यसैगरी सल्यान शारदा नगरपालिका–७ निवासी भुवन रेउलेको साथबाट ८९० मिलिग्राम ब्राउन सुगर जस्तो खैरो पदार्थ र ट्रामाडोल ६ पत्ता बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख