१३ फागुन,

बाँके । भारतसँग सीमा जोडिएका बाँकेका सम्पूर्ण सीमा नाका ३ दिन बन्द हुने भएको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका बाँके जिल्लाका सम्पूर्ण सीमा नाका बन्द हूने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङका अनुसार फागुन १८ गते सोमबार राति १२:०० बजेदेखि २०८२ साल फागुन २१ गते बिहीबार राति १२:०० बजेसम्म सबै सीमा नाका बन्द रहनेछन्।

निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। सीमा नाका बन्द अवधिमा अत्यावश्यक बाहेक अन्य आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।

प्रतिक्रिया

सम्बन्धित ख