१३ फागुन,

बाँके नेपाली लोक सङ्गीत तथा रेडियो क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पित गरेका गायक एवं कलाकार

कमल विके निर्मोही को मंगलबार साँझ उपचारका क्रममा निधन भएको छ।

मिर्गौला रोगबाट पीडित निर्मोही एक्कासि बेहोस भएपछि उनलाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। अवस्था सुधार नभएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो।

दाङको तत्कालीन फूलबारी गाउँपालिकामा जन्मिएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आएका थिए। उनी लामो समयदेखि नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका थिए। रेडियोमार्फत पश्चिम नेपालका श्रोतामाझ लोकप्रिय बनेका उनले थुप्रै स्टेज कार्यक्रमहरूमा उद्घोषणसमेत गरेका थिए।

उनकी पत्नी हेरमदेवी विकको पनि मिर्गौला रोगकै कारण यही २३ माघमा निधन भएको थियो।

निर्मोहीका ‘बुलबुल तालैमा’, ‘आउँ त भने’, ‘मैले भन्थे नि’, ‘सलल बग्ने’, ‘ताने झै माया’, ‘अरू मैले’, ‘वनको फूल फुलेछ’, ‘कठै सानु’, ‘भेरी दोभान’ र ‘लाग्यो माया’लगायतका गीत चर्चित छन्।

उनको निधनले नेपाली लोक सङ्गीत र सञ्चार क्षेत्रमा ठूलो क्षति पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित ख