२० भदौ,

ललितपुर — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपाली भूमि भएको विषयमा चीनसँग स्पष्ट रूपमा धारणा राखिएको बताएका छन्।

शुक्रबार ललितपुरको सनराइज सभा हलमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै उनले भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङलाई सो विषयमा आपत्ति प्रष्ट्याएको जानकारी दिए।

ओलीले भने, भारत चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति भएको विषयमा मैले चीनका राष्ट्रपतिसमक्षै आपत्ति दर्ज गराएँ। नेपाल आफ्नो भूमि सम्बन्धी विषयमा स्पष्ट छ।

उनले भारतसँग पनि यसबारे निरन्तर प्रष्ट कुरा राख्दै आएको बताए। साथै, चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई) मा नेपालले समर्थन नगरेको पनि उनले स्पष्ट पारे।

पार्टी विधान महाधिवेशनको उद्घाटनमा ओलीले नेपालको सार्वभौमिकता, भूमि अखण्डता र राष्ट्रिय हितमा कुनै सम्झौता नगर्ने आफ्नो अडान दोहोर्‍याए।

प्रतिक्रिया

सम्बन्धित ख