काठमाडौं — नेपाल सरकार अन्तर्गत गृह मन्त्रालय ले सशस्त्र प्रहरी सेवातर्फका कर्मचारीहरूको बढुवा सिफारिस सम्बन्धी सूचना सार्वजनिक गरेको छ। बढुवा समितिको सचिवालयद्वारा प्रकाशित सूचनामा सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि बढुवा सिफारिस गरिएको उल्लेख गरिएको छ।

सूचना अनुसार रिक्त रहेको ६ (छ) पदमा सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार मूल्याङ्कन गरी योग्य अधिकृतहरूलाई बढुवा सिफारिस गरिएको हो।

बढुवा सिफारिसमा परेका अधिकृतहरूलाई नियमानुसार ७ दिनभित्र उजुरी दिन सकिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। तोकिएको अवधिभित्र कुनै उजुरी नपरेमा प्रक्रिया अघि बढाइनेछ।

बढुवा सिफारिसमा परेका अधिकृतहरू:

१. दिना विजय सुवेदी
२. किरण बस्नेत
३. माधव प्रसाद पौडेल
४. प्रविण कँडेल
५. राजेश उप्रेती
६. नेत्र बहादुर कार्की

मन्त्रालयले सम्बन्धित निकाय तथा सरोकारवालाहरूलाई सूचनाबारे जानकारी गराउँदै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख