
काठमाडौं — गृह मन्त्रालय ले सशस्त्र प्रहरी सेवातर्फका कर्मचारीहरुको बढुवा सम्बन्धी महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। मन्त्रालय अन्तर्गत रहेको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनामा सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पदबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएको उल्लेख गरिएको छ।
सूचना अनुसार रिक्त रहेको पद संख्या ७ (सात) मा बढुवा सिफारिस गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार गरिएको मूल्याङ्कनका आधारमा योग्य ठहरिएका अधिकृतहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ।
बढुवा सिफारिसमा परेका अधिकृतहरूलाई नियमानुसार ७ दिनभित्र उजुरी दिन सक्ने व्यवस्था गरिएको छ। तोकिएको समयभित्र कुनै उजुरी नपरेमा प्रक्रिया अगाडि बढाइनेछ।
बढुवा सिफारिसमा परेका अधिकृतहरू:
१. दीपक कुमार थापा
२. सुधिर सुवेदी
३. मनीष के.सी.
४. प्रकाश कुमार सुवेदी
५. चित्राजित दहाल
६. सुभाष भण्डारी
७. प्रदीपसिंह कार्की
मन्त्रालयले सूचना मार्फत सम्बन्धित सबै सरोकारवालाहरूलाई जानकारी गराएको छ।





