२ भदौ,

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अब राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनले निकट भविष्यमा नयाँ राजनीतिक दलको नामसहित सार्वजनिक गर्ने बताए।

‘नेपाल र नेपालीको वर्तमान अवस्था हेर्दा अब राजनीति गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु,’ प्रसाईँले भने, ‘म राजनीति गर्ने मान्छे होइन, तर परिस्थितिले जबर्जस्ती राजनीतिमा ल्यायो।’

उनका अनुसार, आफूले केवल अभियान सञ्चालन गर्दा विभिन्न अवरोधहरू खेप्नुपरेको र कोठामा ताला लगाउनेसम्मको स्थिति आएसँगै औपचारिक दल बनाएर राजनीतिमा प्रवेश गर्ने निर्णय गरेका हुन्।

तीनकुनेमा आयोजित राजावादी आन्दोलनपछि पक्राउ परेका प्रसाईँ दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट छुटेका थिए। उनले आफू राजावादी नभई राष्ट्रवादी भएको स्पष्ट पारे।

प्रतिक्रिया

सम्बन्धित ख