२१ पुस,

काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले परित्याग गरेका छन् । उनले आफू कुनै पनि पार्टीमा नरहेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

केपी ओलीलाई महान् राष्ट्रवादी र अडान भएको नेता भन्दै एमालेमा प्रवेश गरेका खनालको २ बर्षमै सो पार्टीसँग मोहभंग भएको छ ।२०७९ असोज ६ मा एमाले मुख्यालय च्यासलमा प्रवेश गरेपछि उनले भनेका थिए–आफू नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुँदै प्रमुख समेत भएर काम गर्दा केपी ओली जस्तो प्रधानमन्त्री कोही पाइनँ । इन्स्पेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको बताएका खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताएका थिए ।

खनालले ओलीलाई देवत्वकरण नै गर्दै भनेका थिए–‘मैले सातवटा प्रधानमन्त्री भोगे तर उहाँजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने प्रधानमन्त्री पाइनँ ।’ ओलीको यतिबिधि प्रशंसा र स्तुतिगान गरेका खनाल २ बर्षमै सो पार्टीबाट किन अलग भए होलान् भन्ने जिज्ञासा पूर्वप्रहरी अधिकृतहरुमा पनि पैदा भएको छ ।२ बर्षअघि एमाले प्रवेश गरी गएको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार भएका थिए । एमालेबाट उम्मेदवार भएका उनी रास्वपाका शिशिर खनालसँग पराजीत भएका थिए ।

रामचन्द्र पौडेल राष्ट्रपति भएपछि तनहुँ १ मा भएको उपनिर्वाचनमा पनि उनी रास्वपाकै डा. स्वर्णिम वाग्लेसँग पराजीत भएका थिए । तनहुँमा त उनी उनी अत्यन्त कम मत ल्याएर तेस्रो भएका थिए ।खनाल आईजीपीबाट अवकाश भएपछि एमाले नेता महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ(किसान) र नवीन बस्नेतसँग २०७७ बैशाखमा महोत्तरीमा पुगेर तत्कालीन जसपाका सांसद सुरेन्द्रकुमार यादवलाई काठमाडौंमा ल्याएका थिए । तर जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले डा. यादवलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख