
बाँकेको जमुना नाका बाट ३० पिस ट्रामाडोल र २० पिस Nitrazepam लागु औषध सहित २ जना पक्राउ परेका छन् ।
प्रकाउ पर्नेमा ठाकुरबाबा नगरपालिका वडा न.९ बस्ने मिलन रोकाय र सोही वडा का बिपिन चौधरी रहेका छन् ।
भारतीय बजार रुपैंडिया बाट नेपाल फर्किने क्रममा संका लागि चेक जाँच गर्दा मिलन रोकायले लगाएको अन्डरवयर भित्र लुकाई ल्याउँदै गर्दा उक्त लागु औषध फेला परेको थियो।
थप अनुसन्धानको लागि रोकाय र चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको छ ।









