बाँकेको कोहलपुर नगरपालिका वडा ११ लोकनगरमा रहेको लक्ष्मीनारायण मन्दिरको दक्षिणतर्फ रहेको एउटा विद्युतको पोल अविरल बर्षाको कारणले ढल्ने अवस्थामा रहेको पाइएको छ। उक्त एउटा पोललाई अहिले काठको टेकासो लगाएर राखिएको छ। एउटा पोल ढलेको खण्डमा अरु ३-४ वटा सँगै ढल्ने अवस्थामा रहेका छन्।विद्युतको पोल ढल्नलाई बाटोमा कोल्टे परे संगै त्यहाँ स्थानिय बासी ३ दिन देखी त्रसित भएर बसेका छन्। नेपाल विद्युत प्राधिकरण कोहलपुरलाई पटक – पटक फोन मार्फत साथै अफिसमै गएर जानकारी गराउँदा समेत त्यसलाई मर्मत गछौं भनि आश्वासन मात्र दिने गरेको स्थानियबासि मनोज चौधरीले बाँके अपडेटलाई बताएका छन्। विद्युत प्राधिकरणको कामको ढिलासुस्तीले गर्दा कुनै घटना घट्यो भने त्यसको जिम्मा कस्ले लिन्छ भनि स्थानियले चिन्ता व्यक्त गरेका छन्। यसै विषयलाई लिएर विद्युत प्राधिकरण कोहलपुरका प्रमुखलाई बुझ्दा बाटो नजिकै को पोल बनाउँदै गरेको र उक्त कार्य सिध्याएर बनाउने भनि बताए पनी उक्त कार्य नभएको पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख