
बाराह उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष श्री मेजर कुमार राईको अध्यक्षतामा मिति २०८१/३/१८ गते बसेको अठारौ कार्यपालिका बैठकको निर्णय नं २ ले “लिम्चुङबुङ गाउँपालिका भित्र अन्यत्रबाट आयात गरिने सिसाजन्य मदिरा तथा अन्य पेयपदार्थहरु (वियर, रक्सी, डिउ, कोक, फेन्टा, रेडबुल, सुर्ती तथा सुर्ती जन्य चुरोट, गुड्खा) आदि सामानहरुको सेवनले लिम्चुङबडवासीहरुको स्वास्थ्यमा गम्भिर असर पारी रोगि बनाउने, स्थानीय अर्थतन्त्रलाई कमजोर बनाउने, महिला तथा घरेलु हिंसा उत्पन्न गर्ने तथा गाउँलाई बिघटन बनाउन प्रत्यक्ष असर पार्ने भएको हुँदा लिम्चुङबुङवासीहरुलाई रोगबाट बचाउन, आर्थिक सुधार गर्न, विघटनोन्मुख गाउँलाई बचाउन, महिला तथा घरेलु हिंसाबाट उन्मुक्ति दिन आदिको निम्ति मिति २०८१ सालको अशोज १५ गते देखि लागु हुने गरि यी र यस्ता बस्तुहरुलाई आयात विक्रिवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने” भनि निर्णय गरेको छ।कार्यपालिकाको निर्णय अनुसार उक्त मिति देखि माथि उल्लेखित बस्तुहरुको आयात, विक्रिवितरण तथा सेवन नगर्न हुनको लागि आग्रह समेत गरेको छ।









