
मिति २०८१।०२।१८ गते बाँके जिल्लाको नेपालगंज उ.म.न.पा. २० राँझा बिमानस्थल भित्र रहेको सनराईज कुरियर मार्फत काठमाण्डौ पठाउन लागेको ७२० पिस खरिद बिक्रीको बिल नभएको मोबाइलको कम्बो डिस्प्ले अन्दाजी मुल्य रु.१८,००,०००।- र नेपालगंज उ.म.न.पा. वडा नं ११ बाट लेडिज कुर्ता सुरवाल,लुङ्गि गरी अन्दाजी मुल्य २,८७,०००।– साथै नेपालगंज उ.म.न.पा. ३ बाट ३७२ पिस चप्पल अन्दाजी मुल्य रु.४४,६४०।– गरी जम्मा मुल्य रु. २१,३१,६४०।– बराबरको अबैध भन्सार छलिको माल सामान जिल्ला प्रहरी कार्यालय बाँकेले बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको छ।









