✍🏻गोविन्द भण्डारी
बाँके । भारतिय बजार रुपैडिया बाट नेपालमा विभिन्न सामानहरु तस्करी दिनुहुँ भइरहेको देखिन्छ । त्यस मध्यको १ नम्बरमा औषधी पनि मानिन्छ ।नेपालमा ब्याच नम्बर नै नभएका टरलिज १ एम जी , Ing. Albumin २०% ‘Ing Pam 500 mg र Implament ( रड) ठुलो मात्रामा नेपालगंज,कोहलपुर,सुर्खेत र बर्दियाका विभिन्न ठाउँहरुमा सप्लाई हुने गरेको छ।

भारतिय बजार रुपैडियामा रहेको विकास मेडिकल स्टोरका संचालक विकास अग्रवाल र ओम मेडिकल स्टोरका संचालक सन्तोष साहुँ नाम गरेका व्यक्तिले भारतिय बजार रुपैडिया बाट अबैधानिक तरीका बाट सामान नेपाल ल्याउने गरेको स्रोतको दाबी छ। ओम मेडिकल स्टोरका संचालकले क्यारिङ्ग मार्फत सामान नेपाल पठाउँछन् भने विकास अग्रवालले भारतिय नम्बर UP40A V1409 को मोटरसाइकलमा दिनुहुँ सामान ल्याउने गरेको स्रोतले बताएको छ। उनै विकास नाम गरेका व्यक्तिले आफुलाई कसैले केही गर्न नसक्ने भन्दै औषधी भारतिय बजार रुपैडिया बाट विशेषगरी नेपालगंज र कोहलपुरमा ठुलो मात्रामा दैनिकरुपमा औषधीहरु र सर्जिकलका सामानहरु सप्लाई गर्ने गरेको स्रोतले बताएको छ। टरलिज १ एम जी , Ing. Albumin २०% ,Ing Pam 500 mg लगाएत अन्य औषधीहरु नेपालगंज,कोहलपुर र ग्रामीणक्षेत्रमा रहेका विभिन्न क्लिनिक र हस्पिटल आसपासका विभिन्न फार्मेसीमा दिने गरेको र Implament ( रड) बिभिन्न हस्पिटलका डाक्टरहरुलाई बेच्ने गरेको उच्च स्रोतले बाँके अपडेटलाई बताएको छ।

बिगतमा नेपालगंज मेडिकल कोहलपुरमा कार्यरत एक प्रहरी कर्मचारीले अल्ट्राविष्ट सामान सहित नियन्त्रणमा लिँदा पावर र पहुँचको भरमा सामान छुटाएका अग्रवालले अहिले पनी उच्च मनोबलका साथ अवैध कार्य गदै आएको स्रोतले बताएको छ।

यसरी खुलेआम रुपमा अवैधरुपमा औषधीहरु ओसार पोसार गर्दा समेत सम्बन्धित निकाय औषधी व्यावस्था विभाग मुख्य नाकामा रहेका भन्सार कार्यालय नेपाल प्रहरी ,सशस्त्र प्रहरी बल नेपाल , गोप्ये सुचना दिने गुप्तचर विभाग ( राष्ट्रिय अनुसन्धान ) का कर्मचारी भन्सारमै खटिएता पनी चासो नदिने गरेको स्रोतको दाबी छ ।हाम्रो बाँके अपडेट टिमले बिकाश नाम बताउने व्यक्तिलाई सोध पुछ गर्दा मैले मात्र औषधीको कारोबार गर्दैन रुपैडियामा रहेका अन्य मेडिकल स्टोरहरुले पनी ठुलो मात्रामा कार्टुनका कार्टन औषधी दैनिक रुपमा सप्लाई गर्दछन् भनेर बाँके अपडेटलाई बताएका थिए।

अग्रवालले आफु सानो मात्रामा सप्लाई गर्ने व्यापारी भएको र आफुलाई केही फरक नपर्ने भनी अहिले पनी नेपालगंज ,कोहलपुर दशविगाह , सुर्खेत, कैलाली,बर्दिया र दाङमा औषधी सप्लाई गर्ने गरेको स्रोतले बाँके अपडेटलाई बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख