२३ फागुन,

बाँके : नयाँ समीकरण बनेसँगै पुन: सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ।

गठबन्धनमा भएको सहमतिअनुसार पार्टीले गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय पाएको हो ।

गृह मन्त्रालयमा पार्टी सभापति रवि लामिछाने, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पाएका हुन् ।

यसअघि विना विभागीय मन्त्री नियुक्त भएका पार्टी उपसभापति डोलप्रसाद अर्यालले श्रम मन्त्रालयको जिम्मा पाउने भएका छन्। आजै साँझ पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख