९ भाद्र,

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई संसदमा अपहेलना गरेकोमा गुनासो पोखेका छन्।

शनिबार पार्टी निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ६० किलो सुन प्रकरणको छानबिन समिति बनाउने सर्वदलीय बैठकमा सहभागी नगराएर हेला गरिएकोमा गुनासो पोखेका हुन्।

‘हिजो संसदमा अरू सबै पार्टी हुन्छ तर, हामी हुँदैनौं भनेर उपस्थिति हुन दिएनन्। सुन काण्डमा भएको छानबिन समिति बनाउने बैठकमा अरू सबै ६ वटा पार्टी बसे तर, राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर हामीलाई बोलाउँदा पनि बोलाएनन्। हामी सोचिरहेका छौं हामी पनि केही गर्नुपर्छ। धेरै भलाद्मी पाराले हुँदो रहेनछ। घिउ निकाल्न औंला बाङ्गो नगरी नहुँदो रहेछ,’ उनले भने।

अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुरानो नेकपा ब्यूँताउन प्रस्ताव गरे पनि केपी शर्मा अ‍ोलीले वेवास्ता गरेको बताए।

‘मैले प्रचण्डजीलाई पुरानो नेकपालाई ब्यूँताउ, संकीर्ण नबनौं भनेर अ‍ोली कहाँ प्रस्ताव पठाएँ। केपी ओलीले राष्ट्रपति पद पाउनका लागि मसँग भेट्न खोजे तर मलाई प्रस्ताव राखेनन्। अहिले के भन्छन्– मैले प्रस्ताव राखेको थिएँ। राखेकै थिएनन्। प्रस्तावलाई मलाई स्वीकार गरेको भए देउवाकहाँ जान्थ्यो माधव नेपालले धोका दिँदैछन्। सबैकुरा विचार नगरी कतिपय कमरेडहरू भन्छन्– राष्ट्रपति पाएको छोडिदिनुभयो,’ उनले भने।

अध्यक्ष नेपालले आफूहरूले ०७४ सालमा जनताले दिएको अवसर सदुपयोग गर्न नसकिएको स्वीकार गरे।

‘जनताले हामीलाई अवसर दिएका थिए। तर, हामीले सदुपयोग गर्न सकेनौँ। पार्टी राम्रो ढंगले चलाउन सकेको भए र पाँच वर्ष सरकार चलाउन सकेको भए राम्रो हुन्थ्यो। हामीले समस्या खडा गर्न चाहेको होइन। तर, केपी अ‍ोलीको अहंकार र प्रचण्डसँग पनि सहमति गर्दा पनि ठूलो अन्तरविरोध पैदा गर्यो। यसले हामीभित्र उकुसमुकुस गरायो। हामी समस्या त्यही हल गर्न चाहन्थ्यौँ। बैठकमा उनी आएनन्। बालुवाटारको एउटा कोठामा हामी बसिरहेका छौं। अर्को कोठाबाट उनले संसद विघटन गराए। संसद विघटन देशलाई राजनीतिक अस्थिरतामा लैजाने कदम थियो। हामीले विरोध गर्यौं। जनतालाई आह्वान गर्यौं। अदालतले पुनःस्थापना गरायो,’ उनले भने।

 

प्रतिक्रिया

सम्बन्धित ख