३० जेठ,

काठमाडौँ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना फरवार्ड कायलियन एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । एमबाप्पे र पीएसजीबीचको सम्झौता एक वर्षमात्र बाँकी रहेको अवस्थामा पीएसजीले उनलाई बेच्ने तयारी गरेको बीबीसीले जनाएको छ ।

एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण नगर्ने बताएपछि पीएसजीले उनलाई बिना कुनै मूल्यमा गुमाउनुभन्दा बेच्ने उपाय अघि सारेको बीबीसीले उल्लेख गरेको छ ।

२४ वर्षीय एमबाप्पेसँग सन् २०२५ सम्म पीएसजीमै रहने वा नरहनेबारे जुलाई ३१ तारिखसम्मको समय रहेको थियो तर उनले आधिकारिक रुपमै आफूले सम्झौता नवीकरण नगर्ने जनाएका छन् ।

पीएसजीका लागि सर्वाधिक गोल गरेका एमबाप्पे अर्को सिजनको अन्त्यसँगै क्लब छाड्न सक्नेछन् । तर पीएसजीले उनलाई क्लबसँग बाँधीराख्न पनि बेच्न लागेको बताइएको छ ।

सुरुवातमा सन् २०१७ मा मोनाकोबाट लोनमा आएका एमबाप्पेले पीएसजीका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख