२९ जेठ,

बाँके। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले विद्युत कटौती र सडक स्तरोन्तीको विषयमा ज्ञापनपत्र बुझाएको छ।

अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकद्वारा हस्तारक्षित ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।

पटक पटक विद्युत कटौती हुँदा प्रत्यक्ष प्रभाव आम जनसमुदायमा पर्ने र नेपालगज उपमहानगरपालिका भित्र भर्खरै निर्माण भएको जमुनाहा देखी राना सम्मको सडक स्तरोन्ती असफाल्ट प्रविधिको पिच बनिनसक्दै ठाँउ ठाँउमा भत्काउने र टाल्ने काम भइरहेको विषयलाई लिएर ज्ञापनपत्र बुझाईएको हो ।

“बाँके जिल्ला नेपालकै सबैभन्दा गर्मी हुने ठाँउ हो र गर्मीका कारण जनजिवनमा प्रत्यक्ष असर परिरहेको छ यस्तो विषम परिस्थितिमा पनि पटक पटक विद्युत कटौती हुने र त्यसको प्रत्यक्ष प्रभाव आम जनसमुदायमा पर्ने भएकोले अनेरास्ववियु बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ । यथासिघ्र विधुतिय समस्याको समाधानका लागि जोडदार माग गर्दछौं । साथै यस नेपालगज उपमहानगरपालिका भित्र भर्खरै निर्माण भएको जमुनाहा देखी राना सम्मको सडक स्तरोन्ती असफाल्ट प्रविधिको पिच बनिनसक्दै ठाँउ ठाँउमा भत्काउने र टाल्ने काम भइरहेको छ यसरी राज्यको सम्पतिको दुरुपयोग गर्दै कमसल खालको सामाग्रीहरुको प्रयोग गरि नितिगत रुपमा भ्रष्टचार गर्ने ठेकदार कम्पनि, इंजिनियर लगायत संलग्न सबैलाई यथासिघ्र कारवाहीको दायरामा ल्याउन अनेरास्ववियु बाँके जोडदार माग गर्दछ हाम्रा मागहरुलाई वेवस्ता गरेको खण्डमा अनेरास्ववियु बाँकेले शशक अन्दोलन गर्ने कुरा यसै ज्ञापनपत्र मार्फत जानकारी गराउछौ साथै आन्दोलनबाट हुने क्षतिको सम्पुर्ण जिम्मेवारी सम्बंधित निकायले लिनुपर्ने जानकारी गराउदछौं ।” ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख