
६ चैत,
बाँके । बाँकेको कोहलपुर स्थित रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
स्ववियु निर्वाचनको सभापतिमा अनेरास्ववियुको देबेन्द्र बुढा ४५४ मत ल्याएर विजयी भएका छन् । सचिवमा महेन्द्र मल्लले ३१४ मत र कोषाध्यक्षमा सुरेश चादरले ३१४ मत ल्याएर विजयी भएका छन्।
यस्तै सदस्यमा अभिसा बोहोराले ३१७, निर्थकुमारी नकालले ३२७ मत र सिर्जना मल्लले ३३७ मत ल्याएर विजयी भएका छन्।
जम्मा मत संख्या ११९२ रहेकोमा ९६० मत खसेको थियो ।





