
२५ फागुन,
भारत । भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको निधन भएको छ ।
६६ वर्षको उमेरमा बुधबार कौशिको निधन भएको भारतीय सन्चार माध्यमहरूले जनाएका छन् । अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । निधनको कारणबारे आधिकारिक विवरणहरू भने आइसकेका छैनन् ।
सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।
कौशिकले अभियन गरेका मिस्टर इन्डिया–१९८७, दिवाना मस्ताना–१९९७ चर्चित फिल्म हुन् । उनले सन् १९९० मा ‘रामलखन’ र सन् १९९७ मा ‘साजन चले ससुराल’ फिल्मबाट फिल्मफेयर बेस्ट कमेडियन अवार्ड पाएका थिए ।
कौशिकका पत्नी र एक छोरी रहेका छन् ।





