
शनिवारका दिन करिब बिहान ८ बजे देखि कोहलपुर नगरपालिका नगर प्रमुख पुर्ण प्रसाद आचार्यको उपस्थितिमा शहारी स्वास्थ्य केन्द्रा वडा न ७ लखनाका प्रमुख सुधन बुढाथोकि,नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका इमर्जेन्सी प्रमुख डा.देबेन्द्र आचार्य,आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा न १४ प्रमुख आसिफ खान लगायतका टिम आज कोहलपुर ७ जमुनी टोल, लखना लगयातमा निशुल्क स्वास्थ्य जाँच तथा औषधि बितरण गरेको छ ।
जसमा रक्तचाप,सुगर,asthma,Allergy का बिरामी रहेको बुढाथोकीले बताए । कोहलपुर ७ जमुनी टोल स्थित एकजना दमका बिरामीलाई नगर प्रमुख आचार्य द्वारा निशुल्क नेबुलाइजर मसिन औषधिसमेत उपलब्ध गराइएको वडा नम्बर ७ स्वास्थ प्रमुख बुढाथोकीले बताए। साथै अपाङ्ग भएका बालबालिकालाई स्वास्थ्य परामर्शदिनुको साथै फलफूलहरु पनि बितरण गरिएको हो ।
मेयर पुर्ण प्रसाद आचार्यका अनुसार “१५ वटा वडाको ठाँउहरुमा ७ मा जस्तै अरु वडा हरुम पनि निशुल्क घरदैलो स्वास्थ्य चेकजाँच निशुल्क औषधिहरुको बितरण गर्न प्रयास गर्ने” बताए ।
आजको यस घरदैलो स्वास्थ्य चेक जाँच परामर्शदिन आउनु भएका शहरी स्वास्थकेन्द्र का प्रमुख सुधन बुढाथोकी नेपालगन्ज मेडिकलकलेज मा कार्यरत देबेन्द्र आचार्य लाइ समेत मेयर आचार्यले धन्यवाद दिएका थिए ।





