
७ जेठ,
बाँके । नरैनापुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका इश्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तिदेवी श्रीवास्तव निर्वाचित भएका छन् ।
शाहले ५०३७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ३६८५ मत ल्याए ।
यसैगरी श्रीवास्तवले ३८७९ मत प्राप्त गरिन् भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी अतिकुन निसाले ३६७२ मत ल्याएकी छन् ।
शाह र श्रीवास्तव दोस्रो कार्यकालका लागि विजयी भएका छन् ।





