५ जेठ,

बाँके । सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको छ ।

उनलाई ३४ वर्ष पुरानो एक सडक दुर्घटना सम्बन्धी मुद्दमा सजाय सुनाएको हो ।

यसैवर्ष चुनाव हारेका सिद्धुलाई अदालती निर्णयले अर्को धक्का लागेको छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।

अदालतले चारवर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने भएको छ । उच्च न्यायालयले सिद्धुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित ख