४ जेठ,

बाँके । राप्रपा नेपाल बाँकेका युवा नेताले प्रदीप आचार्यले पार्टी छोडेको घोषणा गरेका छन् ।

राप्रपा नेपाल कोहलपुर नगर समिति सदस्य समेत रहिसकेका युवा नेता आचार्यले पार्टीको सम्पूर्ण जिम्मेवारी त्याग गर्दै राप्रपा नेपाल छाडेको घोषणा गरेका हुन् । उनले बुधबार विज्ञप्ति जारी गरी जनाएका छन ।

उनले विज्ञप्तीमा भनेका छन ” नेपालमा सशस्त्र द्वन्द्वपछि राजनीतिक परिवर्तनको साक्षी रहेर जन आन्दोलन ०६२/०६३ को ऐतिहासिक राजनीतिक परिवर्तनमा सहभागिता जनाइसकेपछि मेरो पुस्ताले राजनीतिसँग ठुलो अपेक्षा गरेका थियौँ । मेरो पुस्ता फरक फरक राजनीतिक दल निकट रहेर पाटीका एजेण्डाहरूलाई सफल बनाउन कुनै कसर बाँकी नरोखेको पुस्ता हो भन्दा लज्जाबोध भइरहेको छ । हामी युवा पुस्तालाई राजनीतिक दलका नेताहरूले प्रयोगशालाको रूपमा प्रयोग गर्दा हामी प्रयोग मात्र भइरह्यौं । २०७० सालमा तत्कालिन राप्रपा नेपालको सदस्यता ग्रहण गरेर राजनीतिमा सक्रिय रहदै आउँदा अहिले राजनीति सिमित व्यक्तिको इच्छा चाहनामा मात्र सिमित रहेको महशुस मैले गरेको छु । अतः आजका दिनदेखि म राप्रपा नेपालको कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरेको छु । मेरो निर्णयले राप्रपा नेपाललाई क्षती हुन गएको खण्डमा हृदयदेखि क्षमा याचना गर्दै अबका दिनमा एक स्वतन्त्र सचेत युवाको रूपमा सामाजिक गतिविधीमा क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गर्दै राप्रपा नेपालको साधारण सदस्य समेत नरहने गरी पाटी परित्याग गरेको यसै राजिनामामार्फत घोषणा गर्दछु ।”

प्रतिक्रिया

सम्बन्धित ख