
२४ चैत,
बाँके । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने दाबी गरेका छन ।
बिहीबार नेपालगन्जमा कार्यकर्ता प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको बताए ।
अध्यक्ष ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभरि जनलहर चलेको छ ।’
उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे ।





