२१ चैत,

काठमाडौं । श्रीलंकामा सबै मन्त्रीले सामुहिक राजीनामा दिएका छन ।

आर्थिक संकटले गुज्रिरहेको श्रीलंकामा राजनीतिक उथलपुथल तीव्र बनेको हो। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका हुन।

श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए । तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन ।

श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले समेत आफ्ना सबै विभागबाट राजीनामा दिएको बताइएको छ ।

यसअघि आइतबार राजधानी कोलम्बोमा सरकारको विरोध गरेको आरोपमा ६ सय ५० भन्दा बढी जनालाई पक्राउ गरिएको थियो । आर्थिक मन्दीको विरोधमा उनीहरूले कर्फ्यु तोडेर सरकारविरुद्ध ¥याली निकालेका थिए।

यसैबीच श्रीलंकामा सामाजिक सञ्जाल प्लेटफर्ममा बन्द गरिएका छन्।
श्रीलंका पछिल्लो समयमा चरम आर्थिक संकटबाट गुज्रिरहेको छ । कागजको अभावमा लाखौं परिक्षार्थिको परिक्षा रोकिएको छ । त्यस्तै अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिने थालेको छ । यही समस्यबीच सरकारले आपतकाल घोषण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख