
१८ चैत,
बाँके । राप्रपाका महामन्त्री, नेपालगन्जका मेयर धवल शमशेर राणा र एमालेका केन्दि«य अध्यक्ष केपी शर्मा ओली वीच नेपालगन्जमा भेटवार्ता भएको छ ।
नेपालगन्जको स्नेहा होटलमा बिहीबार राति ओली र राणाबीच भेटवार्ता भएको हो । भेटमा स्थानिय तहको निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
नेपाली कांग्रेसले सत्ता घटकका विचमा गठबन्धन गरेर जाने निर्णय गरेपछि एमाले र राप्रपाका बीच पनि गठबन्धन गरेर अघि बढ्नु पर्ने कुरामा दुवै नेता सहमत भएसंगै पार्टीका कार्यकर्ता एवम नेताहरुसंग छलफल गर्ने बताएका छन ।
कांग्रेसले सत्ता घटकका विचमा गठबन्धन गर्ने पक्षमा गएपछि हामीपनि यसमा जोडदिनु पर्ने परिस्थिती सिर्जना भएको राप्रपाका महामन्त्री राणाले बताए । एमाले अध्यक्ष ओली यस विषयमा सकारात्मक हुनुहन्छ, ‘पार्टीमा कुरा गर्छु भन्नु भएको छ’, उनले भने ‘मैले पनि पार्टीमा कुरा गर्छु भनेको छु ।’
स्थानिय तहको चुनाव नजिकिए संगै महामन्त्री राणा र अध्यक्ष ओली बीच भएको भेटवार्ता सर्थकता मनिएको छ ।





