३ चैत,

बाँके । आज रङ्गहरूको पर्व होली पहाडी र हिमाली समुदायमा मनाइँदैछ ।

शुक्रबार भोली तराई क्षेत्रमा मनाइन्छ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।

होली अर्थात फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

हरेक वर्ष होली पर्व सकिएपछि छालासम्बन्धी विभिन्न प्रकारका समस्या लिएर धेरै जना स्किन अस्पताल पुग्ने छाला रोग विशेषज्ञहरू बताउँछन् ।

जुन पायो त्यही रङ्गहरूको जथाभाबी होलीमा प्रयोग गर्दा छालाको एलर्जी, हुने आँखाको एलर्जी, चिलाउने, पोल्ने, छाला झन् सुख्खा हुने, धेरै बेरसम्म अनुहारमा रङ्ग दलिरहँदा छाला रगडिने, आँखाको दृष्टि गुम्नुका साथै छालासम्बन्धी विभिन्न स्वास्थ्य समस्याले सताउन सक्छ ।

नेपालगन्जस्थित नेपालगन्ज न्यूरो ट्रमा तथा मल्टिस्पेस्यालिटी सेन्टरमा कार्यरत छाला रोग विशेषज्ञ डा अनिशा उप्रेतीले बजारमा पाइने रङ्ग तथा अबिरहरूमा स्वास्थ्यलाई नै हानी पु¥याउने रसायन मिसाइएको हुनेले सचेत हुन अति आवश्यक रहेको बताउनुहुन्छ ।

छाला जोगाएर कसरी होली खेल्ने ? उहाँको सरल सुझाव छ– छालाको समस्या भएकाले सकेसम्म होली नखेल्नै वेश । तर खेल्नु परेपनि विशेष सावधानी अपनाउनु पर्छ । छालालाई रङ्गको प्रभावबाट बचाउन सनस्क्रिन अथवा मोइस्चराइजर लगाउनुपर्छ। यसो गर्नाले छालामा रसायनिक प्रभाव कम हु्न जान्छ।

होली खेल्नु अघि के गर्ने ?
– होली खेल्नु अघि शरीरका प्रायः भाग छोपी गरी लुगा लगाएमा रसायनयुक्त अबिर तथा रङ्ग छालामा पर्नबाट जोगिन सकिन्छ ।
–सुक्खा छालाले रङ्गलाई सोस्ने भएकाले होली खेल्नुअघि लागि क्रिमहरू लगाउने ।
– होली खेल्नुअघि अनुहारमा मोइस्चराइजर लगाउने ।
–हातखुट्टामा भ्यास्लिन लगाए बेस हुन्छ।
–होली खेल्नु अघि शरीरमा जैतुन वा नरिवलको तेल लगाउनुपर्छ।
– आँखामा रङ्ग पर्न सक्छ त्यसैले चस्मा लगाउने ।
– रङ्गको एलर्जी भएकाले हुनेहरू शरीरमा टाँसिने अर्थात् कसिलो खालको लुगा नलगाउने ।
– अनुहार डन्डीफोर, पोतो भएकाहरूले सकेसम्म घाममा होली नखेल्ने ।
– होली खेल्दा सकेसम्म कपाल बाँधेर खेल्दा सिधै रङ्ग छालामा पुग्दैन ।

होली खेलेपछि के गर्ने ?
–नुहाउनु अघि अनुहारमा शरीरमा भएको अबिर तथा र रङ्गलाई राम्रो सँग पुछ्ने ।
–होली खेलेपछि कपालदेखि नङसम्म रङ्गलाई साबुन, स्याम्पुले पखाल्ने ।
–होली खेलिसकेपछि अनुहार तथा शरीरका अन्य भागका छालालाई पटक पटक साबुन लगाएर नमिच्ने ।
–रङ्गलाई पुछ्ने पखाल्ने गरेपछि सुख्खा भएको छालामा मोइस्चराइजरको प्रयोग गर्ने ।

प्रतिक्रिया

सम्बन्धित ख