
१२ फागुन,
वीरगञ्ज । बारामा प्रहरीको गोली लागेर एक मृत्यु भएको छ ।
प्रहरीका अनुसार, अन्दाजी ३५ वर्षीय भारतीय नागरिक रहेका ती व्यक्तिको सनाखत भने भएको छैन ।
बुधबार राति ११ बजेतिर सिम्रौनगढ– महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो ।
सोही क्रममा गम्भीर घाइते भएका एक जनाको कलैया अस्पतालमा उपचारको क्रममा राति पौने २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।
उनीहरूले फायरिंग गरेपछि प्रहरीले जवाफी फायरिंग गरेर दुईजनालाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘ घाइते भई एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।’
पक्राउ पर्नेमा,भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी रहेका छन ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार गाँजा तस्कारहरु महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा ७÷८ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।
लैजाने क्रममा तस्करसंग जम्का भेट हुँदा तस्करीहरुले फायर गरेका थिए । संलग्न फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






