
३ माघ,
बाँके । बाँकेमा आज (सोमबार) थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा १७२ नमुना परिक्षण गर्दा थप ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४६ जना छन । आज ८ जना डिस्चार्ज पनि भएका छन ।
योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ६ सय ९४ पुगेको छ । भने जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ७१ पुगेको छ ।






