
फागुन-२५ बाँके ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले “बिद्यार्थी सहायता सुरक्षा योजना २०७७ “ तयार गरी बिद्यार्थीहरुको बढी भीडभाड हुने स्थानहरु पहिचान गरी जेब्राक्रस बारे जानकारी दिएको छ ।
बढदो शहरीकरण सँगै कोहलपुर बजार क्षेत्रका बिभिन्न बिद्यालयहरुमा दैनिक बिहान ०९:०० बजे देखि १०:०० सम्म र दिउसो ३:३० देखि ४:३० बजेको समयमा बिद्यार्थीहरु बिद्यालय जाँदा र फर्किदा सडक प्रयोग गर्ने भएकोले सोही समयमा सवारी साधनहरुका कारण बाटो काट्ने समयमा सवारी दुर्घटना हुन सक्ने घटनालाई मध्येनजर गरी त्यस्ता बालबालिका एवं बिद्यार्थीहरु उपर कुनै प्रकारको दुर्घटना नहोस् भन्ने दृष्टीकोणले ईलाका प्रहरी कार्यालय कोहलपुरले “बिद्यार्थी सहायता सुरक्षा योजना २०७७ “ तयार गरी बिद्यार्थीहरुको बढी भीडभाड हुने स्थानहरु पहिचान गरी कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत ज्यु र प्र.ना.उ.रबिन्द्र खनाल बाट श्री त्रिभुभन नमुना मा.बि कोहलपुर अगाडीको जेब्राक्रस बाट बेलुन उडाएर उद्घाटन गर्नु भएको हो ।