
२० मंसिर,
बाँके। कोरोनाबाट बाँकेमा थप १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा, कोहलपुर नगरपालिका वडा नम्बर ८ को ८२ वर्षिय पुरुषको मृत्यु भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन।
उनलाई कोरोना संक्रमण पछि मङ्सिर ९ गते अस्पताल भर्न गरिएको थियो। उनको आज सोमबार दिउसो साढे २ बजे मृत्यु भएको छ।
यो संगै बाँके जिल्लमा मृत्यु हुनेको संख्या ३४५ पुगेको छ।






